प्रचण्ड भन्छन्, ‘फोरमलाई सरकारमा ल्याउँदाको सहमतिअनुसार संविधान संशोधन हु्न्छ’

विराटनगर, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरमसँग भएको सहमतिअनुसार संविधान संशोधन गरिने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधनको बाटो खुलेको बताए ।

प्रचण्डले सरकारमा फोरमलाई सहभागी गराउँदा गरिएको ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन हुने जानकारी दिए। उनले भने, ‘उपेन्द्रजीहरूसँग भएका ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिन्छ।’ प्रचण्डले संविधान संशोधनकै क्रमममा राजपाका माग पनि सम्बोधन हुने स्पष्ट पारे।

उनले तत्कालै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्भावना नभएको प्रस्ट्याए। सरकारले गिएर बढाउदै लगेकाले चाडै विकास र समृद्धिको गन्तव्यतर्फ उन्मुख हुने पनि उनले दाबी गरे। पार्टी एकताका विषयमा कुनै झमेला नभएको दाबी गर्दै छिट्टै पार्टी एकता प्रकृया पूरा हुनेमा उनले विश्वस्त तुल्याएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!