रवीन्द्रको सम्झनाः ‘श्रीमान् होइन, मैले असल साथी गुमाएँ’

काठमाडौं, फागुन २१ । सहकार्यदेखि प्रेम र विवाहसम्मः रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु । हाम्रो भेट ०५० मा भएको हो । त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो । म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट । सम्मेलनमा हामी दुवै निर्वाचित भयौँ । त्यसैबेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो । सांगठनिक सहयात्रा थियो । आपसमा पनि नजिक हुन थाल्यौँ ।

बिस्तारै हाम्रो स्वभाव मिल्ने जस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडी विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरुले सल्लाह पनि दिन थाले । तर, हामी बिहेबारे सोचिसकेका थिएनौँ । चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा यस बारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ । उहाँहरुले सहज रुपमा लिनुभयो । यो सामग्री नयाँ पत्रिकाबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!