दुई दिनपछि पार्टी एकता टु‌ंगिन्छः अध्यक्ष प्रचण्ड

मोरङ, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टी एकता दुई दिनपछि टुंगिने दाबी गरेका छन् । विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै प्रचण्डले पार्टी एकताको सम्पूर्ण प्रक्रिया अन्तिम चरण पुगेको बताउँदै पार्टी एकताका लागि प्रदेशहरूको प्रस्ताव पारित भइसकेको बताए ।

उनले पछिल्लो निर्णय र घोषणाहरूले सरकारको कामकाज पनि अघि बढी रहेको दाबी गरे। प्रचण्डले अहिलेको दुई तिहाइको वामपन्थी सरकार र पार्टी एकता असफल पार्न लागेर मुलुकमा अतिवाद चरित्र प्रदर्शन भइरहेको बताए । ‘सरकारले अतिवादीहरूलाई समाप्त पार्ने तयारी गरिसकेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘अतिवादीहरू परास्त हुन्छ । हामीले देखेको मुलुकको विकास र समृद्धिको सपना परा हन्छ र अन्ततः हामी सफल हुन्छौँ ।’

विप्लव नेतृत्वको माओवादीको समस्या समाधानका लागि सरकारले राजनीतिक र प्रशासनिक दुवै तरिकाले लागेको र त्यो हुने उनले विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!