तत्कालै मन्त्रिपरिषद् फेरबदल हुन्नः अध्यक्ष प्रचण्ड

काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले तत्काल मन्त्रिपरिषद् फेरबदल गर्नेबारे केही छलफल नभएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तत्कालै मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी नरहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘मन्त्री फेर्नेबारे केही कुरा भएको छैन । राजपा सरकारमा जाने या सरकारबाट समर्थन फिर्ता लिने विषय पनि कुनै निष्कर्षमा पुगिसकेको छैन ।’ राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले माग गरेको संविधान संशोधनको विषयलाई आफ्नो पार्टी नेकपाभित्र बहसमा ल्याएको प्रचण्डको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!