राहत शिक्षकको प्रदर्शनमा प्रहरीको अस्तक्षेप, पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाडौं, फागुन २० । राहत र बालविकास शिक्षकको आन्दोलनमा आज पनि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो । केही दिनयता राहत शिक्षकले राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन्।

मुलुकभर ४० हजार राहत शिक्षक छन्। प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!