नगर स्तरको बिपद ब्यबस्थापन योजना बन्दै छ : नगरप्रमुख

खोज तथा उद्धार सामाग्री हस्तान्तरण

धनगढी, फागुन २० । धनगढी उप–महानगरपालिकाका विभिन्न वडामा रहेका विपद् तथा जलबायु उत्थान समितिहरुलाई आइतबार खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको छ ।

फाया नेपालले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको रहोवरमा वडा नं.१२ का वडा अध्यक्ष राजेन्द्र राना, वडा नं १८ का अध्यक्ष मुरारी अधिकारी र वडा नं १५ का अध्यक्ष फुलराम चौधरीलाई चस्मा, बैसाखी, हाते माइक, साईरन लगायतका १९ वटा सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त सामाग्री फाया नेपालका निर्देशक धर्मराज पाठक र अनुगमन मुल्यांकन संचार अधिकृत सेरबहादुर बस्नेतले हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफूहरु नगरस्तरको विपद ब्यवस्थापन रणनीतिक योजना बनाउने तयारीमा रहेको बताए । वडा तहसम्ममै बिपद व्यवस्थापन रणनीतिक योजना बनाउने छौं नगरप्रमुख वडले भने– ‘त्यसपछि विपदका क्षेत्रमा काम गर्न सजिलो हुने छ ।

नगरप्रमुख वडले बिपदका क्षेत्रमा गर्ने तिनै चरणका कामहरु एउटै ढोकाबाट गर्न सकेमा साँच्नै पिडीले राहत पाउने बताए । फाया नेपालका निर्देशक धर्मराज पाठकले जेष्ठ नागरिकहरु सधै बिपदको जाखिममा रहने बताए । हेल्प ऐज ईन्टरनेशनल नेपाल र फायाको साझेदारीमा संचालित यो कार्यक्रम जेष्ठ नागरिकको सहभागिता, अगुवाईको सुनिश्चतताका लागि भएको पनि पाठकले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!