अधिकारीको निधनप्रति राजमोद्वारा शोक व्यक्त

काठमाडौँ, फागुन १९ । राष्ट्रिय जनमोर्चाले नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीको लामो र महत्वपूर्ण भूमिका रहेको बताएको छ ।

अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै राजमोले जारी गररेको प्रेस विज्ञप्तिमा देशमा निरंकुश राजतन्त्र हावी भएको, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको र कम्युनिस्ट पार्टीका कतिपय नेताहरुले राजतन्त्रलाई समर्थन गरी कम्युनिस्ट आन्दोलनबाट पलायन वा गद्दारी गरेको अवस्थामा अधिकारीले राजतन्त्रको विरोधगर्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएको कुरा स्मरण गरिएको छ  ।

विज्ञप्तिमा तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टीको विभाजन र छिन्नभिन्नको अवस्थामा रहेको कम्युनिस्ट पार्टीलाई एकीकृत पार्न पहल गर्नुमा अधिकारीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उहाँ अर्थमन्त्री भएको बेलामा स्थानीय तहमा बजेट पुऱ्याउन वा स्थानीय तहमा जनपक्षीय योजना बनाउन सकारात्मक भूमिका खेल्नु भएको थियो । उहाँको निधनले हामीलाई दुःख लागेको छ । उहा“प्रति पुनः श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं ।”

विज्ञप्ति: 

कमेन्ट गर्नुहोस्