अस्थायी शिक्षक पुनः आन्दोलित, यस्ता छन् माग

काठमाडौं, फागुन १९ । देशभरका अस्थायी शिक्षक फेरि आन्दोलनमा उत्रिएका छन्। विभिन्न माग राख्दै उनीहरु पुनः आन्दोलमा उत्रिएका हुन् । अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्नेसहित पाँच बुँदे माग राख्दै वैशाख १४ गतेदेखि रिले अनसनमा रहेका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्।

उनीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। आइतबार अस्थायी शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेका हुन्। माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ प्रस्थान गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!