वाइसिएल र युवासंघद्वारा संयुक्त शोक वक्तव्य जारी

काठमाडौं । वाइसिएल नेपाल र युवा संघ नेपालले पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको निधनमा संयुक्त शोक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमाअधिकारीलाई नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, तथा अभिभावक, पहिलो कम्युनिस्ट सरकारका सफल अर्थमन्त्री, शालीन व्यक्तित्वका धनि युवाप्रेमी नेता भनिएको छ ।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ तथा युवा संघ अध्यक्ष रमेश पौडेलको संयुक्त हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा लोकतान्त्रिक सङ्घर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा आफूहरू मर्माहत भएको बताइएको छ ।

संगठनहरुले दिवंगत नेताप्रति श्रद्वाञ्जली अर्पणका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!