हवाई सेवा सुचारु

हुम्ला, सिमकोट, फागुन १९ । यातायातको एकमात्र साधन अवरुद्ध हवाई सेवा शनिबार सुचारु भएको छ ।

शुक्रबार विमानस्थलमा जमेको हिउँ गाऊँका जनता लागेर पन्छाए पछि हवाई सेवा सुचारु भएको हो ।
हवाई सेवा सुचारु भएसँगै नेपालगंज र सुर्खेतमा रोकिएका छ दर्जनभन्दा बढी यात्रु सिमकोट आउन पाएका छन् भने नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न पनि आउन सुरु भएको छ ।

सिमकोटबाट पनि तीन दर्जन भन्दा बढी यात्रुहरु नेपालगंज र सुर्खेत झर्न पाएका छन् । त्योसँगै काग्रोका सामानहरु ढुवानी हुन पाएका छन । सिमकोट बजारमा केही भए पनि दैनिक उपभोग्य सामानको आयात भएको ।

दुई महिनापछि सिमकोट विमानस्थलमा नेपाल एयरलाईन्सको विमानले अवतरण गरेको छ । तारा, समिट, सीता, नेपाल एयरलाईन्स र मकालु एयरका जहाजहरुले उडान भरेका थिए ।

फेरि हिमपात

शनिबार रातीबाट हुम्ला पुनः हिमपात भएको छ । हिमपात भएपछि चिसो बढेको छ । जमिनमा दूई इन्च हिउँ जमेको छ । आईतबार बिहान आकाशमा बाक्लो कुहिरो लागेको कारण निकै अध्यारो देखिएको छ । बिहानको तापक्रम माईनसमा झरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!