पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

काठमाडौ, फागुन १९ । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्