वान डे सिरिजः धोनी र केदारको उत्कृष्ट प्रदर्शनमा भारत विजयी

काठमाडौं, फागुन १८ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । अष्ट्रेलियाले दिएको २३६ रनको लक्ष्य भारतले ४८.२ ओभरमा पूरा गर्यो । भारतको जितका लागि केदार जाधब र पूर्वकप्तान एवं ब्याट्सम्यान, कीपर महेन्द्रसिंह धोनीले उत्कृष्ट साझेदारी गरे ।

केदार ८१ र धोनी ५९ रनमा लटआउट रहे । यसअघि, कप्तान विराट कोहली ४४, रोहित शर्मा ३७, अम्बाती रायडू १३ र शिखर धवन शून्य रनमा आउट भए । बलिङमा अष्ट्रेलियाका एडम जाम्पा रनाथन कटरटर नाइल दुई-दुई विकेट लिए । आजको जितसँगै पाँच खेलमा सिरिजमा भारतले १ ०ले अग्रता लिएको छ ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन बनायो । उसका लागि उश्मान ख्वाजाले सर्बाधिक ५०, ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टिनोइसले ३७, पीटर ह्यान्सकम्बले १९, एशटन टर्नरले २१, नाथन कटरटर नेलले २८ र एलेक्स क्यारीले नटआउट ३६ रन प्रहार गरे ।

बलिङमा भारतका कुलदिप यादव, जसप्रित बुमराह, मोहम्मद साबीले दुई–दुई र केदार जाधबले एक विकेट लिए । केही बेरमा भारतले जावाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!