नेपाल मुस्लिम इत्तेहाद मोर्चा नवलपुर द्वारा सहिद सप्ताह तथा श्रदान्जली सभा कार्यक्रम सम्पन्न

नवलपुर,फागुन १८।नेकपाको जनबर्गिय संगठन नेपाल मुस्लिम इत्तेहाद मोर्चाको जिल्ला संगठन नवलपुर जिल्लाले सहिद सप्ताह तथा मन्त्री रविन्द्र अधिकारीको शोक सभा श्रद्धाञ्जली गैंडाकोट ११ खानेपानी सभाहलमा भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अतिथी सहिद परिवार तथा पुर्ब जनमुक्ति सेना हाल नेकपाका प्रदेश सदस्य बालकृष्ण रानाभाट (साहस) को प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

कार्यक्रमको बिशिस्ट अत्तिथिमा पुर्ब संबिधान सभा सदस्य तथा नेकपाका प्रदेश सदस्य कृष्ण पौडेल ,सहिद परिवार तथा नेकपाका प्रदेश सदस्य मित्रमणि शर्मा (बिहानी ) नेकपाका युवा नेता बि बि खराल इशाक ,जिल्ला नेताहरु सुर्य न्यौपाने,रामुकान्त अर्याल ,षडानन्द सापकोटा ,सानुकाजी डङ्गोल ,मजदुर नेता कृष्ण भुर्तेल सन्देस,रामचन्द्र धिताल,इश्वरी महत्तो पुर्णिामा ,कावसोति नगरपालिका युवाका अध्यक्ष तथा इत्तेहादका केन्द्रिय सदस्य तबारक मिया,पुर्ब जनमुक्ति सेना तथा मुकुन्दसेन युवा क्लबका अध्यक्ष नरेश काफ्ले लगाएतका अतिथिहरु सहितको उक्त कार्यक्रम को अध्यक्षता हज समिती सदस्य तथा मुस्लिम इत्तेहादको केन्द्रिय प्रस्तावित सदस्य सुनिता खातुनको अध्यक्षमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य मोहम्मद सद्दाम हुसेनले गरेका थिए र कार्यक्रम संचालक कासिब अलि मियाले गरेका थिए ।

नवलपुरको इतिहासमै आज पहिलो पटक जिल्लामा मुस्लिम समुदायले जनयुद्धका सहिद र सहिदपरिवारलाइ खोजी गरि सम्मान गरेकोमा आफुहरुमा एक्दमै खुसी लागेको बताउदै नेपालका शान्तिबादि मुस्लिम समुदायको अधिकारका लागि आफुहरु लाग्ने बताउदै हिर्दयदेखी नेकपाकी नेतृ तथा सहिद परिवार इश्वरी महत्तोले धन्यवाद दिइन । त्यस्तै बक्तामा युवा नेता रामुकान्त अर्याल ,सुर्य न्यौपाने ले मुस्लिम समुदायको अधिकारका लागि नवलपुरमा आफुहरुले हिर्दयदेखी सहयोग गर्ने र यो समुदाय लाई अगाडि बढाउनेमा कुनै कसर नछाड्ने बताउनु भयो।

त्यस्तै गरि नेकपाका प्रभाबशाली युवा नेता बि बि खराल इशाकले मुस्लिम समुदाय प्रती राज्य उत्तरदायी नभएको र मुस्लिम समुदायलाई राष्ट्रीय समुदायको रुपमा यो सरकारले हेरियोस भन्ने माग सहित मुस्लिम समुदायको इद र बकरइद बिदा कटौती प्रती कडा बिरोध जनाउदै अब बैशाख देखि देश ब्यापी रुपमा मुस्लिम जागरण अभियान चलाउने बताउनु भयो।

अर्का बिशिस्ट अतिथी तथा सहिद परिवार मित्रमणी शर्मा बिहानिले नेपालका मुस्लिम समुदाय प्रती हाम्रो पार्टी र हामी इमान्दार रहेकोछौ र यो समुदायले जनयुद्धका सहिदपरिवारलाइ सम्मान गरेर हामी लाई अझै जिम्मेवारी बनाएको प्रती धन्यवाद दिदै नवलपुरबासी मुस्लिम समुदायको हरेक सुखदुःखमा आफुहरु रहने बताए ।

त्यस्तै अर्का बिशिस्ट अतिथी पुर्ब संविधान सभा सदस्य नेकपाका प्रभाबशाली नेता कृष्ण पौडेलले मुस्लिम समुदाय रास्ट्रका गहनाहुन र यो समुदाय प्रती सधै आफू र आफ्नो पार्टी जिम्मेवार रहेको भन्दै अब इद बकर इदमा छुट्टिको लागि सरकार सङ्ग र पार्टी संग पहल गर्ने बताउदै नवलपुरबासी मुस्लिम समुदायको हरेक समस्यामा आफुले सकेको सहयोग गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथी तथा सहिद परिवार नेकपाका नेता बालकृष्ण रानाभाट साहसले नवलपुर मुस्लिम बासिलाइ हिर्दयदेखी धन्यवाद दिदै भने कतै सहिदपरिवारलाइ पार्टीले भुल्छकी भन्ने थियो तर आज हामीलाई सोच्दै नसोचेको यस समुदायले हामी शहिदपरिवारलाइ गरेको सम्मान र शहिदहरु प्रती देखाएको उदारताप्रती दिलदेखी धन्यवाद दिदै मुस्लिम मुद्दामा र मुस्लिम अधिकारको निमित्त आफू सधैं लढ्ने बताए । कार्यक्रममा नवलपरासीका सहिदपरिवारलाइ सम्मान तथा मन्त्री रबिन्द्र अधिकारी प्रति श्रद्धाञ्जली गरेको थिए।

कमेन्ट गर्नुहोस्