नेकपा नेता अधिकारीलाई बचाउने सम्भावना न्यूनः चिकित्सक

काठमाडौं, फागुन १८ । पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको चिकित्सकले जानकारी दिएका छन् । तीन सातादेखि ह्याम्स अस्पताल धुम्बाराहीमा उपचारार्थ नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खस्कँदो रहेको चिकित्सकले जनाएका हुन् ।

शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा क्रिटिकल केयर सर्भिसका कोअर्डिनेटर डाक्टर हेमराज पनेरुले सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउने सक्ने सम्भावना न्यून रहेको बताए। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको अवस्थाअनुसार उहाँका सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम स्वाशप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ। २४ घन्टादेखि पिसाब भएको छैन।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!