अष्ट्रेलियाले दियो भारतलाई २३६ रनको लक्ष्य, सर्बाधिक ५० रन

काठमाडौं, फागुन १८ । भारत विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन बनायो ।

अष्ट्रेलियाका लागि उश्मान ख्वाजाले सर्बाधिक ५०, ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टिनोइसले ३७, पीटर ह्यान्सकम्बले १९, एशटन टर्नरले २१, नाथन कटरटर नेलले २८ र एलेक्स क्यारीले नटआउट ३६ रन प्रहार गरे ।

बलिङमा भारतका कुलदिप यादव, जसप्रित बुमराह, मोहम्मद साबीले दुई–दुई र केदार जाधबले एक विकेट लिए । केही बेरमा भारतले जावाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्