हिउँ पन्छाउँदै जोमसोम पुगे बस

म्याग्दी, फागुन १८ । बाक्लो हिउँका कारण बाटो अवरुद्ध हुँदा मुस्ताङमा रोकिएका बस जोमसोम पुगेका छन् । बेनी(जोमसोम सडकको घाँसा-जोमसोम खण्डमा जमेको बाक्लो हिउँ शुक्रबार रातिसम्म डोजर लगाएर पन्छ्याएपछि शनिबारदेखि यातायात सुचारु भएको हो ।

अझै मोटरसाईकल, जिप समेतका साना सवारी साधनहरु गुड्ने अवस्था भने बनिसकेको छैन । थासाङ गाउपालिकाको छाक्ताङमा माथिबाट आएको ८० मिटर लामो हिउँपहिरोको थुप्रोमा सडकको मात्र भाग काटेर (बक्स कट) ट्र्याक खोलेको हो ।
बेनी-जोमसोम खण्डमा बाहेक मुस्ताङका अन्य सडकमा अझै बाक्लो हिउँ जमेकोले सवारी चल्ने अवस्था छैन ।

बेनी-जोमसोम सडक जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएकोले प्राथमिकतामा राखेर हिउँ पन्छ्याइएको हो । सडक सुचारु भएपनि यातायातका साधन चलाउन भने असहज नै छ । बेनी-जोमसोम सडक खुलेर यातायात सञ्चालन भएपनि यात्रु भने न्यून मात्र घर बाहिर निक्लेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!