दार्चुला जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिका गरी ११ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!