नेकपा नेता अधिकारीको स्वास्थ्य गम्भीर

काठमाडौ, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ । ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उनलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उहाँको स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

स्वास्थ्यमा खराबी देखिएपछि पुस २३ गते उनलाई नख्खुस्थित मेडिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उनको स्वास्थ्यमा सुधार नदेखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको स्वकीय सचिव विष्टले जानकारी दिए ।
उनको स्वास्थ्य जटिल हुँदै गएपछि दुवईमा रहेकी कान्छी छोरी नेपाल आइपुगेका छन् । भने सिक्किममा रहेकी जेठी छोरी शनिवार आउन लागेकी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!