दार्चुलामा जिप दुर्घटना, २ जनाको मृत्यु, रात परेकाले उद्धारमा कठिनाई

दार्चुला, फागुन १७ । दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको दुहुँ गाउँपालिका(३ राताकाठा क्षेत्रमा जिप दुर्घटना हुँदा २ जनाको शव फेला परेको र सात जना भीरमा अड्कि रहेको अवस्था रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।

म १ ज २८० नम्बरको जिप सडकबाट झण्डै ३०० मिटर तल खसेको छ। जिप खसेर महाकाली किनारमा पुगेको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ।

जिप चालक दीपक धामी घाइते छन्। उनलाई जिल्ला अस्पताल ल्याइएको छ। दुर्घटनामा अझै बढी परेको हुन सक्ने र अँध्यारोले उद्धार गर्न अप्ठेरो भएको रेडक्रस दार्चुलाका स्वयंसेवक दानसिंह महरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!