प्रहरी निरीक्षकको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, फागुन १७ । नेपाल प्रहरीको प्रहरी निरीक्षकका लागि लिइएको परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । गत असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो । प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक पदमा समावेशी प्रावधानअनुसार खुल्ला परीक्षा लिने चलन छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

साथै उत्तीर्ण हुने उम्मेदवारहरुका लागि गरिने विशेष स्वास्थ्य परीक्षण परीक्षाको तालिका समेत प्रकाशित गरिएको प्रहरीले जनाएको छ । उक्त नतिजा तथा विशेष स्वास्थ्य परीक्षण परीक्षा तालिकाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमासमेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!