कोमललाई के प्यारो ?

काठमाडौं । गायिकाबाट राजनीतिज्ञ भएकी कोमल वलीले विगतमा गीत मात्र गाइनन् एउटा चलचित्रमा अभिनेत्रीका रुपमा अभिनयसमेत गरिन् । यद्यपि ‘राजनीति’ शीर्षकको उक्त चलचित्रमा अभिनय गरेपछि कोमलले अभिनयलाई निरन्तरता दिने हिम्मत गरिनन् । रमाइलो कुरा के रह्यो भने चलचित्र राजनितीमा अभिनय गरेलगत्तै कोमल वास्तविक जीवनमै राजनीतिमा हामफालिन् । यसबीच अघिल्लो साता कोमललाई चलचित्र अभिनेत्री बनाउने श्रेय पाएका निर्देशक वसन्त निरैलासँग उनको जम्काभेट भयो ।

निरौलाले अनामनगरमा सञ्चालनमा ल्याएको सिने इक्यिुपमेन्ट हाउसको रिबन काट्न कोमललाई नै निम्त्याएका थिए । उक्त अवसमा वलीले आफैंलाई अभिनेत्री बनाउने निर्देशकलाई व्यंग्य गरिदिइन् । हुन त म वसन्तकै हिरोइन हुँ, निर्देशक निरैलाप्रति इंगित गर्दै कोमलले भनिन् तर मैले पहिलो पटक अभिनय गरेको चलचित्र राजनीति यस्तो हिट भयो कि चार दिनमै सिनेमा हलबाट उत्रियो । कोमलको कुरा सुनेर निर्देशक निरैलाले समेत आफ्नो हाँसो थाम्न सकेनन् । आफ्नो भनाइले सबै जना हाँसेको देखेपछि गम्भीर हुँदै कोमलले भनिन् अब राजनितीबाटै नेपाली चलचित्रको विकासमा केहि गर्ने प्रण गर्छु । कान्तिपुर साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्