एलआईसीको लाभांश फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं, फागुन १७ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७३–७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ बोनस शेयर फागुन २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन्।

कम्पनीले आगामी चैत ४ गते आह्वान गरेको १६औं वार्षिक साधारणसभाका लागि कम्पनीले यही फागुन २१ गते मंगलबारदेखि चैत ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द निर्णय गरेको छ । सोमबार शिवरात्रीको सार्वजनिक विदा परेकाले आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

इन्स्योरेन्स कम्पनीले चैत ४ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे आर्थिक वर्ष २०७३र७४ को साधारण सभा डाकेको हो ।

सभाले १२.६३ प्रतिशत लाभांशका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारण र अनुमोदन गर्ने, र आर्थिक वर्ष २०७४–०७५ का लागि लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण तथा नियामक निकायको निर्देन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव छलफल गरि पारित गर्ने छ ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन समेत गर्नेछ । हाल एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको एलआईसीको बोनस पूँजीकरणपछि एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ पुग्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!