यी हुन् गायक खुमन अधिकारीलाई मनपर्ने १० गीत

१– जोर शंख फुकेर गीत विष्णु माझी र मैले २०६४ सालमा गाएको थियौं । यो गीत मलाई निकै मन पर्नेमध्यको एउटा गीत हो ।

२– त्यो मन रुन्न होला र गीतले पनि मेरो सफल्तामा एउटा सिंढी थप्ने काम गर्यो । यो गितमा पनि विष्णु माझी र मैले नै स्वर दिएका छौं ।

३– विष्णु माझीसंगै २०६५ मा एइटै डोरी पासो लगाम भो गीत गाएको थियो । यो गितले निकै चर्चा कमाएको थियो ।

४– नेपाली समाजमा स्याङ्जाली र झापालीबीचको सम्बन्धमा आधारित स्याङ्जालीलाई नभन जाली गीत पनि मेरो टप १० फेबरेटभित्र हटायउँछ ।

५– मेरो हिट गीतमध्ये देख्न मन लाको छैन र पनि एक हो दुई वर्षअघि विष्णु माझीसँग मिलेर गएको हो गीतले निकै चर्चा पाएको थियो ।

६ –लोकदोहरी गित मनको देउतैले पनि रेडियो तथा टिभीमा अत्यन्तै बजेका गित मेरा गीतमध्ये एउटा गीत हो ।

७– सिलाइदिउला भोटो मैले गाएकामध्ये म आफैलाई मन पर्ने अर्को गित हो । २०६६ सालमा बजारमा आएको यो गित मेरो करिअरको सुन्दर गीतमध्ये एक हो ।

८– विष्णु माझी र मैले केही वर्ष अघि गाएको गीत कपाल कोर्ने काइँयो मेरो टप फेवरेट गित हो ।

९– अघिल्लो वर्षको तीजमा सर्वाधिक बजेको गित हो । भँगेरी चरीले । गायिका शिलु भट्टराई र मैले मिलेर गाएको यो गीत यसपटकको तिजमा पनि निकै बज्यो ।

१०– रमिला न्योपाने र मेरो संयुक्त आवाजको आज त भेट्न आउँदिन है कालु् पनि मलाई मनपर्ने आफ्नै गीतमा पर्छ । कान्तिपुर साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्