भारत–पाकिस्तानको तनाबप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौं, फागुन १७ । भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकि छन् । उनले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गरिन्।

राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सह–अस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रबर्द्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन् । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!