निर्मलाको घर पुगेर देउवाले भने, ‘ढिलो–चाँडो अपराधी पत्ता लाग्छ’

कञ्चनपुर, फागुन १७ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आफन्तलाई भेटेका छन् । सभापति देउवाले शुक्रबार भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिए ।

‘ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ’ निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भने, ‘बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।’ उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे।

दुर्गादेवीले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन्। ‘अहिलेसम्म सबैको सहयोगले यहाँसम्म पुगेको छ, अहिले यो घटना सेलाएजस्तो भयो, फेरि पनि यस्तै सहयोगको आशा छु उनले भनिन्, ‘धर्ना बसेर वा आन्दोलन गरेर मात्रै पनि अपराधी पत्ता लाग्ने देखिदैन ।’

उनले लगातारको धर्नाले बिरामी भएका श्रीमान् यज्ञराज र निर्मलाकी कान्छी आमा लक्ष्मी उपचारका लागि काठमाडौं गएकाले त्यसमा पनि आवश्यक सहयोग गरिदिन आग्रह गरिन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!