पीएसएलः लाहोर ब्याटिङ गर्दै, को–को छन् आज सन्दीपको टिममा?

काठमाडौं, फागुन १६ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्दर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । सन्दीपको टिमको यो सातौं खेल हो । खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि दुबईमा शुरु भएकाे छ ।

 लाहोरले अहिलेसम्म ६ खेलमा ३ मा हार र ३ मा जित निकालेको छ । यस्तै, कराँची भने ६ खेलमा ४ मा हार र २ मा मात्र जित निकाल्दै अंक तालिकाको पुछारमा छ । छैटौं खेलमा क्वेटा ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको लाहोर आज पनि आफ्नो जित यात्रा कायम गर्न चाहन्छ ।

यस्तै, कराँची पनि आजको खेल जित्दै पुछारबाट माथि उठ्न मैदान उत्रिदै छ । लाहोरमा नियमित कप्तान घाइते भएका कारण फकर जमान छन् । यस्तै, कराँचीको नेतृत्व इमाद वासिमले सम्हालि रहेका छन् ।

लाहोर टिमः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान (कप्तान), सोहिल अख्तर, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस, अजज चेमा र हरिश रौफ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!