बस ब्रेकफेलः बसबाट हाम फाल्दा एकको मृत्यु, ४ जना घाइते

धनकुटा, फागुन १६ । धरानबाट धनकुटातर्फ आउँदै गरेको बसको ब्रेकफेल भएको थाहा पाएपछि धनकुटाको साँगुरीगढी गाउँपालिका ७ मा बसको ढोकाबाट हाम फाल्दा एक जनाको ज्यान गएको छ । कोशी राजमार्ग अन्तर्गत धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख ७१६९ नम्बरको बस ब्रेकफेल भएको थाहा पाएर ढोकाबाट हामफालेका अन्दाजी ६० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो। मृत्यु हुने व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

बिहान पौने १२ बजे बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भई उपचारको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। बसमा सवार अन्य ४ जनासमेत घाइते भई धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!