आयरल्याण्डद्वारा अफगानिस्तानसामु १६२ रनको लक्ष्य, स्टर्लिंगको ८९ रन

काठमाडौं, फागुन १६ । अफगानिस्तान विरुद्धको एकविदसीय सिरिजको पहिलो खेलमा आयरल्याण्डले १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्याण्डले ४९.२ ओभरमा सबै गुमाउँदै १६१ रन बनायो ।

उसका लागि पौल स्ट्रर्लिङले सर्बाधिक ८९, गिरोगी डकरेलले ३७, केभिन ओब्रायनले १० रन जोड्नुबाहेक अन्यले दोहोर अंकसमेत बनाउन सकेनन् । बलिङमा अपगानिस्तानका मुजीबउर रहमान, डलट जर्डनले तीनतीन, गुलबन्दिन नाइबले २, राशिद खान, मोहम्मद नाबी र एकएक विकेट लिए । केही बेरमा अफगानिस्तानले जवाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!