हेलिकोप्टर दुर्घटनाः पोस्टमार्टमका लागि शव शिक्षण अस्पताल लगियो

काठमाडौं, फागुन १६ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव पोस्टमार्टम तथा पहिचानका लागि शिक्षण अस्पतालको महाराजगन्ज लगिएको छ ।

बिहीबार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो। शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!