भारत-पकिस्तान तनाव: के यो औपचारिक युद्धको तैयारी हो?

काठमाडौँ, फागुन १६ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुई देश युद्धको अघोषित तैयारीमा लागेको जस्ता देखिएका छन् ।

मङ्गलबार भारतको तर्फबाट भएको हवाई कारवाहीको जवाफ भन्दै बुधबार बिहानै पाकिस्तानले पनि भारतीय सीमाभित्र सांकेतिक कारवाही गरेपछि दुई देशबीचको तनाव झनै चर्किएको हो ।

बुधबारको पाकिस्तानी कारवाहीपछि भारतले पाकिस्तानमाथि आफ्नो हवाईसीमा उल्लङ्घन गरेको आरोप लगाएको छ । उता पाकिस्तानले भने आफ्नो सीमाभित्रबाट नै भारतीय सीमाभित्र सांकेतिक कारवाही गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ताको आव्हान गरेका छन् । मोदीले भने आफ्फू भारतको शिर झुक्न नदिने भन्दै चुनावी सभाहरूमा भाषण गर्दै गइरहेका छन् ।

उता पाकिस्तानले आफ्नो देशमा सुरक्षा र चिकित्सा क्षेत्रसम्बद्ध कर्मचारीहरूको विदा रद्द गररेको छ भने विदामा गएकाहरूलाई पनि तत्काल फर्किन भनेको छ ।

भारतकी रक्षामन्त्री निर्मला सीतारमणले भारतीय सेनाका तीनवटै शाखाहरूको आकस्मिक बैठक बोलाएकी छिन् ।

उनी भारतीय थल, जल र वायु सेनाका प्रमुखहरूसँग बैठकमा छिन् ।

पाकिस्तानमा हवाई आपातकाल घोषणा गरिएको छ । यस क्रममा बिहिबार राति १२ बजेसम्म पाकिस्तानी आकाशमा कुनै पनि उडान गर्न प्रतिबन्ध लगाइएको छ । पकिसान्को नागरिक उड्डयन प्राधिकरणले आज हवाई यात्रामा ननिस्किन आग्रह गरेको छ ।

त्यस्तै दुई देशबीच सुचारु रहेको अन्तरदेशीय रेल सेवा ‘सम्झौता एक्सप्रेस’ समेत बन्द गरिएको हो । उक्त रेल सेवा १८ वर्षमा पहिलोपटक स्थगित गरिएको छ ।

दुबै देशका मिडियामा उग्रता

दुबै देशका टेलिभिजन मिडियाले युद्ध उन्माद भड्काउने खालका ‘टक सो’ प्रसारित गरिरहेका छन् भने न्युज इन्कारहरूले पर्दामै युद्ध सुरु गर्लान जस्तै समाचार प्रस्तुत गर्दै छन् ।

त्यतिमात्र होइन ‘टक सो’मा भाग लिनेहरू दुबै देशका नेताहरू विरुद्ध ‘अनादरार्थी’ शब्द समेत प्रयोग गर्दैछन् ।

मिडियामा उग्र विचार राख्ने भीड देखाइदैछ र उनीहरू वार या पार गर्नुपर्ने भनिराखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!