हेलिकोप्टर दुर्घटनाः प्रचण्डद्वारा मृतकका परिवारलाई भेट

काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन्। प्रचण्डले विहीवार विहान पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे ।

यस्तै, प्रचण्डले पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटेर समवेदना दिएको सचिवालयले जनाएको छ। मन्त्री अधिकारीको मृत्य भएपछि पोखरबाट काठमाडौं ल्याइएका बाबु अझै अर्धचेत अवस्थामा रहेका छन्। बुधबार अपरान्ह ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!