धोनीले बनाए यस्तो रकेर्ड

काठमाडौं, फागुन १६ । अष्ट्रेलिया विरुद्धको टी-२० सिरिजको अन्तिम एवं दोस्रो खेलमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले एक नयाँ रेकर्ड बनाएका छन् ।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ३५० छक्का पूरा गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् । धोनीले बुधबार भएको यो खेलमा रोहित शर्माको रेकर्डसमेत तोडेका छन् । रोहितले अन्तर्राट्रिय क्रिकेटमा ३४९ छक्का प्रहार गरेका थिए ।

सबैभन्दा बढी छक्का प्रहार गर्नेको पहिलो स्थानमा भने वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेल छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४९२ छक्का प्रहार गरेका छन् ।

धोनीले अष्ट्रेलियासँगको अन्तिम खेलमा २३ बलमा तीन छक्का र ३ चौकाको मद्दतमा ४० रन बनाए ।  उनले रेकर्ड बनाए पनि टिमले भने सिरिज बराबर बनाउन सकेन । सिरिजको अन्तिम खेलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पारजित भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!