भारतविरुद्ध सिरिज अष्ट्रेलियाले जित्यो, म्याक्सवेल बने नायक

काठमाडौं, फागुन १६ । भारत विरुद्धको टी-२० सिरिज अष्ट्रेलियाले २-० ले जितेको छ । बुधबार राति भएको अन्तिम खेलमा भारतलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो । भारतले दिएको १९० रन लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल नायक सावित भए । उनले ५५ बलमा नटआउट ११३ रन प्रहार गरे । यस्तै,  डार्सी सर्टले ४०, पीटर ह्यान्सकम्बले नटआउट २० रन बनाए ।

बलिङमा भारतका विजय शंकरले २ र सिद्धार्थ कौलले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ३८ बलमा ७२, लोकेश राहुलले ४७, महेन्द्रसिंह धोनीले ४०, दिनेश कार्तिकले नटआउट ८ रन बनाए । बलिङमा अष्ट्रेलियाका डार्सी सर्ट, जेपी फेबहनड्रफ, पीजे कमिन्स र नाथन कोल्टर नाइलले एक-एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!