मन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोक

काठमाडौँ, फागुन १५ । मन्त्रीपरिषदको आकस्मिक बैठकले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङ हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको हो।

पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार थिए। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायतको बुधबार निधन भएको हो।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!