मन्त्री अधिकारीको निधनले देशलाई अपूरणीय क्षतिः नेकपा

काठमाडौ, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनापछिको मृत्युले देशलाई अपूरणीय क्षति भएको बताएको छ । नेकपाले आज प्रस वक्तव्य जारी गर्दै मन्त्री रवीन्द्र अधिकारीको निधनले देशलाई अपूरणीय क्षति भएको बताएको हो ।

ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको हो । दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री अधिकारीका अलावा आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!