पाकिस्तान सुपर लिगः सन्दीपको टोलीले पायो १०७ रनको लक्ष्य

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) मा क्वेटा ग्लेडियेटर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको ग्लेडियेटर्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनायो । उसका लागि असहन अलिले सर्बाधिक ३३ रन बनाए ।

बलिङमा सन्दीप लामिछानले ४ ओभरमा १० रन खर्चेर ४, हरिश रौफले २, यासीर अलि र साहीन शाह अफ्रिदीले एकएक विकेट लिए । ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!