पीएसएलः सन्दीपले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए !

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत लाहोर कलन्दर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिएका छन् ।

सन्दीपले पहिलो ओभरमा शेन वाट्सन, दोस्रो ओभरमा रिले रोस्वो, उमर अकमल र तेस्रो ओभरमा डानिस आजिजलाई आउट गर्न सफल भए । उनले अन्तिम ओभरमा मात्र विकेट लिन सकेनन् ।

सन्दीपले आजको खेलसँगै पीएसएलमा ८ विकेट लिइसकेका छन् । सन्दीपले पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका थिए  ।ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!