पीएसएलमा चम्किए सन्दीप, ४ ओभरमा लिए ४ विकेट !

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसल) मा लाहोर कलन्दर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् ।

उनले लगातार ओभरमा विकेट लिन सफल भएका छन्। सन्दीपले पहिलो ओभरमा शेन वाट्सन दोस्रो ओभरमा राइलि रौसाउ, उमर अकमल र तेस्रो ओभरमा डानिस आजिजलाई आउट गर्न सफल भए । लाहोरले टस जितेर बलिङ रोजेको छ । पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका सन्दीप आज पनि टिममा अटाएका छन् ।

ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!