पाकिस्तान सुपर लिगः सन्दीपको टोलिले टस जित्यो (LIVE)

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सले क्वेटा ग्लेडियेटर्सविरुद्ध खेलमा टस जितेर बलिङ रोजेको छ । पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका सन्दीप आज पनि टिममा अटाएका छन् ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान (कप्तान), सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!