दिव‌ंगत मन्त्री अधिकारीका आमाबुवा बेहोस

पोखरा, फागुन १६ । हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि पोखरामा रहेका उनका बुवाआमा बेहोस भएका छन् । कास्कीको पोखरा महानगर-५ मालेपाटनस्थित घरमा रहेका मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी बेहोस भएका हुन् ।

पारिवारिक स्रोतका अनुसार बेहोस भएका अधिकारीद्वय काठमाडौं लैजाने तयारी भइरहेको छ । बुधबार दिउँसो ताप्लेजुङको सिस्नेमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । मन्त्री अधिकारीका श्रीमती र दुई छोरा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!