हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौं, फागुन १५ । आज दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा लगायतका यात्रु सवार थिए । त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए । उनले भने, ‘हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!