पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटनाः ५ जनाको शव भेटियो

काठमाडौं, फागुन १५ । प्रहरीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । शवको पहिचान हुन बाँकी छ । थप विवरण अझैं आउन बाँकी छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!