एलएमजी र एम–१६ सहित विप्लवका कार्यकर्ता पक्राउ

धरान, फागुन १५ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

प्रहरीले धरानको पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका विप्लवका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बू ‘सन्दीप’ लाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।

पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका दुईजनामाथि चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेका हुन् । प्रहरीले हतियार बरामद गरेपछि विप्लवकका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

पक्राउ परेका लिम्बू विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ। लिम्बुलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बरामत भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!