रोयल्टी समाजभित्र भाँडभैलो, २३ लाख गायब

काठमाडौं, फागुन १५ । संगीतकार सुरेश अधिकारी र महेश खड्काहरुका कारण भाँडभैलो मच्चिएको छ, रोयल्टी संकलन समाजभित्र । संस्थाको खातामा हुनुपर्ने थियो १ करोड १४ लाख । तर, भेटियो यताउता ९१ लख मात्र । २३ लाख रकम सुरेश अधिकारी अध्यक्ष रहे ६ वर्षसम्म ।

महेश खड्कालाई संस्था जिम्मा लगाउनुपूर्वको साधारणसभामा सदस्यहरुले हिसाब–किताब खोजेपछि, भोलिपल्ट साधारणसभा डाके । र, यो काढडमा जो मुछिएका व्यक्तिलाई छानबिन समितिमा राखे । संयोजक तोकिए, अर्थ मन्त्रालयबाट रिटायर्ड भई हाल गीतकार समाजको अध्यक्ष रहेका चूडामणि देवकोटालाई । उनी राजधानीमा नभएको अवस्थामा । महेश खड्का र सुवास रेग्मीलाई सदस्य ।

तर, समिति बनेको महिना दिन हुन लाग्दासमेत बैठक बस्न सकेको छैन । स्रोतका अनुसार चूडामणिले चाटर्ड एकाउन्टेन्ड एकजना र प्रतिलिपि रजिष्ट्रार कार्यालयका प्रतिनिधिलाई समेत संग्लन नगराएको खण्डमा समितिमा नबस्ने अडान राखेका छन् । यता, महेशले कान्छी पत्नी मीनाक्षी कोइरालालाई करार हुँदै अहिले सीइओ पदमा नियुक्त गरेसँगै संस्थाका सदस्य चिढिएका छन् ।

यसअघिका अध्यक्ष सुरेश अधिकारीले पनि कान्छी श्रीमती भित्र्याएका थिए । नर्वे सरकारले झण्डै ४० लाख रुपैयाँ समाजलाई सहयोग गर्दै आएकोमा अपारदर्शी गतिविधि बढेको भन्दै सहयोग रोक्का गरिदिएको थियो । यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!