पीएसएलः सन्दीपले आज तेस्रो खेल खेल्दै, को–को छन् टिममा स्टार ?

काठमाडौं, फागुन १५ । नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज पाकिस्तान सुपर लिग (पीएसएल) मा आज क्युटा ग्लाडिएटर्सविरुद्ध खेल्दै छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लोहोरले ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ५ः१५ बजेदेखि सुरु हुनेछ ।

पीएसएलमा यसअघि यी दुई टिमबीच भएको खेलमा ग्लाडिएटर्सले लाहोरलाई तीन विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा ब्यहोरेको हारलाई बदला लिने दाउमा लाहोर छ । क्युटा ग्लाडिएटर्स भने आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा छ ।

सन्दीप प्लेइङ इलाभेनमा पर्न सके यो उनको लागि तेस्रो खेल हुनेछ । यसअघि उनले आफ्नो क्लबबाट दुई खेल खेलेका छन् । सन्दीपले पाकिस्ताज सुपर लिगमा २ खेलमा ४ विकेट लिएका छन् ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स (कप्तान), कार्लोस ब्रेथवेट, कोरी एण्डरसन, अन्टोन डेभिच, फकर जमान, हसन अली, मोहम्मद इमरान, शाहिन शाह अफ्रीदी, ब्रेण्डम टेलर, यासिर शाहलगायत नाम चलेका खेलाडी छन् ।

ग्लेडियेटर्स टोलीः सरफराज अहमद (कप्तान), शेन वाट्सन, डिजे ब्राबो, मोहम्मद अश्गर, मोहम्मद इरफान, मोहम्मद नवाज, सोहिल तनवीर, उमर अकमल, ड्वेन स्मिथ, रिली रोसौउलगायत नाम चलेका खेलाडी छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!