भारतीय वायुसेनाको ‘लडाकु विमान’ कश्मीरमा दुर्घटना, २ पाइलटको मृत्यु

एजेन्सी । जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटना हुँदा २ पाइलटको ज्यान गएको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको हो ।

श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!