हुम्लामा पुनः हिमपातको कारण जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्ला, सिमकोट फागुन १५ । हुम्लामा मंगलबार रातभर भारी हिमपात भएको छ ।

बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ । हिमपात भएसँगै तापक्रम माईनस ७ मा झरेको छ भने चिसो निकै बढेको छ । पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतोमात्र देखिएको छ ।

बजार सुनसान छ । मानिसहरु घरबाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसबाट सबैभन्दा बढी आगामी चैत १० गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन ।

जिल्लाको एकमात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ ।

नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्कविहीन छ । स्थानीय बासिन्दाहरु निकै प्रभावित भएका छन् । यो हिमपात हुम्लाको एघारौ हिमपात हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!