ईनारमा खसेर एक युवको मुत्यु

काठमाडौं, फागुन १५ । इनारमा खसेर एक युवकको घटना स्थलमै मृत्यु भएको छ ।

राजधानीको चन्द्रागिरि १४ आदर्श नगरटोल ढुङगेअड्डा निमार्णाधीन घरनजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरिक्षक शकंर खड्काले मृत्यु हुनेमा उदयपुर जिल्ला कापली गाउँपालिका ३ घर भई चन्द्रागिरि १४ वस्ने वर्ष २१ को समरबहादुर तामाङ रहेको बताए।

तामाङले इनारमा छोपिराखेको प्लाई झिक्ने क्रममा खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!