चन्द्रागिरी नगरपालिकामा लागऔषधसहित १२ पक्राउ

काठमाडौं, फागुन १५ । महानगरीय प्रहरी वृत्त थानकोट र नागढुंगाबाट विभिन्न किसिमका अवैध लागुऔषधसहित १२ जनलाई पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा र छुट्टाछुट्टै यात्रुवाहक वस लगायत विभिन्न स्थानवाट विभिन्न किसिमका अवैध लागुऔषध सहित १२ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले विरगञ्जबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना ७ ख २८३५ नम्बरको को यात्रुबाहक बस गाडि चेकजाँच गरी बस गाडीको डिक्की चेकजाँच गर्ने क्रममा सोही बसका सहचालक जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नं. १७ घर हुुने वर्ष २५ को जाकिर अन्सारीलाई पक्राउ गरिएको बताए । प्रहरी नायव उपरीक्षक थापका अनुसार अन्सारीले लिई आएको लागुऔषध १५२ एम्पल डाईजेल्याब, १५० एम्पल फेनारगन र १४८ एम्पल नुफिन फेला परेको बताए ।

त्यस्तै, धादिङ तर्फबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २९४७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा जिल्ला मकवानपुर थाहा नपा वडा नं ७ घर हुने वर्ष २२ को राज तामाङ्गलाई झोलाभित्र तामाङले प्लाष्टिकमा बेरि लुकाई छिपाई लिई आएको ३ किलो लागु औषध चरेश फेला परेको प्रहरी जनाएको छ ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८२१५ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला रुपन्देही बुटवल नपा वडा नं ३ घर हुने वर्ष २१ को मन्दिप दर्लामिको झोलावाट लागुऔषध नाईट्राभेट १३८ ट्यावलेट फेला परेको हो ।

प्रहरीले लागुऔषधमा संमलग्नलाई पनि सार्वजनिक गरेको छ ।

काठमाडौ चन्द्रागिरी नपा वडा नं ४ थानकोट मंगलोदय स्कुलस्थित सडक खण्डमा जिल्ला काठमाडौं चन्द्रागिरी नपा ३ थानकोट घर हुने वर्ष ३४ को सोम गोपाली, चन्द्रागिरी नपा ४ थानकोट बस्ने वर्ष २६ को सुसन गोपाली, सोनु श्रेष्ठको साथ बाट फेनार्गन, डाइजेल्याब र नुफिनक गरी ५४ एम्पल लागुऔषध सहित पक्राउ गरेको प्रहरीले वताएको छ ।

बुटवल तर्फबाट काठमाण्डौंतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको को यात्रुवाहक बस गाडी चेकजाँच जिल्ला रुपन्देही बुटवल नपा वडा नं १५ घर हुने वर्ष २५ को किशान छन्ट्याललाई लागुऔषध नाईट्राभेट १७ ट्यावलेट र ४र४ एम्पल फेनारगन नुफिन र डाईजेपाम फेला परेको छ ।

प्रहरीले चन्द्रागिरि नैकापबाट ७७ ग्राम चरेस र २० ग्राम गाँजासहित जिल्ला मकवानपुर ५ पिप्ले घर भई चन्द्रागिरि १४ वस्ने वर्ष ३२ को गजराज श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ ।

धरानवाट काठमाडौ आउँदै गरेको ना ५ ख ४६८९ बसबाट जिल्ला सुनसरी ईनरूवा ७ का विकास चौधरी र सिराहा लाहान १० का प्रदिप चौधरी वाट १७८ ट्यावेलेट नाइट्राजेपाम र ११० ग्राम गाँजासहित पक्राउ परेका हुन ।

त्यस्तै कपिलवस्तु यशोदा गापा ५ मनोज वरैबाट २७ ट्यापलेट नाईट्राभ्याट सहित पक्राउ गरिएको हो।

महोतरी बालुवा गाउँपालिका ९ का विनायक यादवबाट २८ ट्यापलेट नाईट्राभ्याट सहित पक्राउ परेको प्रहरीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!