विप्लवका अंगरक्षक पक्राउ

काठमाडौं, फागुन १४ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का अंगरक्षक पक्राउ परेका छन् । ललितपुरको नख्खुस्थित एनसेल गेटमा बम हानेको आरोपमा उनी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले विप्लवका अंगरक्षक सूर्य भूजेललाई कलंकीबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार भुजेल विप्लवका अंगरक्षक हुन् । यही फागुन १० गते राति नख्खुस्थित एनसेल कार्यालय लक्षित गरी बम बिस्फोट गराइएको थियो।

विस्फोटमा तीन जना घाइते भएका थिए। जसमध्ये लमजुड घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो। सोही राति काठमाडौंको कमलपोखरीमा रहेको एक मिठाइ पसल अगाडि बम राख्ने मुख्य योजनाकारसमेत उनै भुजेल रहेको प्रहरी स्रोतले बतायो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!